गायक ब्रायन एडम्स एक महिनाभित्र दुईपटक कोरोना संक्रमित

क्यानडाका रक गायक ब्रायन एडम्स एक महिनाबीच दुईपटक कोरोना भाइरसको संक्रमित भएका छन् । उनले बिहिबार यसबारे जानकारी दिएका हुन् ।

इन्सटाग्राममा एडम्सले कोरोना संक्रमणबारे जानकारी दिएका हुन् । एडम्स इटालीमा रहेको उल्लेख छ । उनी आउँदो वसन्त ऋतुमा नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा छन् । ३१ अक्टोबरमा उनले पहिलोपटक कोरोना संक्रमणबारे खुलाएका थिए । तर, कुनै प्रकारको लक्षण नदेखिएको बताएका थिए ।

About The Author

Leave a Reply

Your email address will not be published.