कोरोनाका कारण विश्वप्रतिष्ठित ‘ग्रामी अवार्ड’ स्थगित

यही जनवरी ३१ का लागि तय गरिएको सांगीतिक क्षेत्रको विश्व प्रसिद्ध ग्रामी अवार्ड निर्धारित मितिमा नहुने भएको छ । कोरोना संक्रमणको तेस्रो लहर विश्वव्यापी रुपमा फैलिएपछि अमेरिकाको लस एन्जलसमा हुने भनिएको अवार्ड कार्यक्रम पछि सारिएको हो । ६४ औं ग्रामी अवार्डको नयाँ मिति अप्रिल ३ लाई तोकिएको छ । अवार्ड समारोह लस भेगासमा हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस पटकको ग्रामी अवार्डका लागि चर्चित कलाकारहरु जस्टिन बिबर, बिली इलिस, ओलिविया मनोनयनमा परेका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published.