सांगीतिक क्षेत्रमा जमेका खड्का

गायक तथा संगीतकार ऋषि खड्काले सांगीतिक क्षेत्रमा सक्रियतका साथ आफ्नो सिर्जनधर्मलाई अघि बढाइरहेको छन् । सानैदेखि कलाकारितामा रुचि भएका गायक खड्काले अन्य कुनै पनि पेशा र व्यवसाय नभइ यही क्षेत्रलाई थप व्यवसायिक रुपमा अघि बढाएर आफ्नो जीविकोपार्जनमा ध्यान दिने बताए ।

प्युठानको माण्डवी गाँउपालिका–५ मा बुवा होमबहादुर खड्का र आमा दलाकुमारी खड्काको कोखबाट जन्मिएका खड्का नामले परिचित (सन्तोष खड्का) पछिल्लो समय लोक संगीत तथा सुगम संगीतमा व्यस्त छन् । २०६७ सालमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनले डेढ वर्षजति संगीत कक्षा लिएको जानकारी दिए । खड्काले दुई सयभन्दा बढी गीतमा संगीत भर्नुका साथै सयभन्दा बढी गीतमा स्वर दिएको जनाए । उनले थुप्रै चर्चित गायिकासँग सहकार्य गरेर गीत बजारमा ल्याएको जनाउँदै प्रायः गीतबाट राम्रै आर्थिक प्राप्त गरेको जिकिर गरे ।

गायक खड्काले भने, ‘यस क्षेत्रमा लागेदेखि धेरै गीतहरु नाम चलेका गायिकासँग सहकार्य गरेर बजारमा ल्याएको छु ।’ खड्काले संगीत गरेका गीतमध्ये ‘दाते ओखर,’ ‘पथ्थरको मुटु,’ ‘ए जिन्दगी,’ ‘सुन सबैले सुन,’ ‘एनी बरै,’ ‘परदेशी १ देखि भाग ७ सम्म,’ ‘ए निर जाले,’ ‘मायालु,’ ‘मच्चायो धमाका,’ ‘मायाको भिख,’ ‘मलाई मारिदिनु’, ‘लागँे प्रदेश,’ ‘भाग्य,’ ‘आँशु बनी नखस कहिल्यैनी,’ मान्छे सानी छु,’ ‘यस्तो नी माया हुन्छ र,’ ‘जहाजै चढेर,’ प पछ्यौरी लगायतका दर्जनौँ चर्चामा रहन सफल भएको बताए । खड्काले १२औँ विन्ध्यावासिनी म्युजिक अवार्ड, ८आँैं राष्ट्रिय म्युजिक अवार्ड २०७९, एपिक नेपाल म्युजिक अवार्ड २०७६, नेपाल म्युजिक अवार्ड, साधना म्युजिक अवार्ड, योङ माइन्ड म्युजिक अवार्ड, जिनियस म्युजिक अवार्ड २०७८ प्राप्त गरेको र अन्य कार्यक्रमहरुमा पनि सम्मानित भएको सुनाए ।

सांगीतिक क्षेत्रमा प्रवेश गर्दा बुवाआमा र शिक्षकबाट प्रेरणा मिलेको बताउने गायक खड्काले हालै सार्वजनिक गरेको ‘ए साईला परेलीभित्र’ बोलको गीत युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । जसमा शब्द तथा संगीत खड्काकै रहेको छ । यस गीतमा गायक खड्कालाई स्वरमा गायिका सिम्रन परियार साथ दिएकी छन् । उक्त गीत ऋषि खड्का युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा घरदेशी र परदेशीको कथा समेटिएको खड्काले बताए । उनका अनुसार गीतको भिडियोमा श्रीमान् परदेशबाट आफ्नो श्रीमतीलाई भेट्न आउँदाको खुसीको पललाई झल्काउने प्रयास गरिएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.