‘लक्की फिल्मी अवार्ड २०८०’मा बसुन्धरा भुसाललाई लाइफटाइम अवार्ड

लक्की मिडिया हाउस चितवनको आयोजनामा हुने भनिएको ‘लक्की फिल्मी अवार्ड २०८०’मा विशिष्ट हास्य अभिनेत्री बसुन्धारा भुसाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । असोजको पहिलो साता हुने यो अवार्ड समारोहमा उहाँलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको हो ।

चितवनको लक्की मिडिया हाउसले आयोजना गर्न लागेको यो अवार्डमा कार्यक्रममा दुई दर्जन विधामा कलाकारलाई सम्मान गरिने आयोजक मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले जानकारी गराउनुभयो ।

‘मोफसलमा रहेर नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्ने हेतुले अवार्ड कार्यक्रम गर्न लागेका हौं’, कार्कीले भन्नुभयो । चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचारप्रसार र अन्तर्क्रिया कार्यक्रमलाई तीव्र बनाएको छ ।

विसं २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.