प्रमोद–प्रतापदेखि एलिना–गीतासम्मले पाए अवार्ड

बि.स्टार फिल्मस् प्रा.लीले आयोजना गरेको ‘न्यू लुक बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ बुधवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा सम्पन्न भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समारोहमा भिडियो सम्पादक प्रकाश तुलाधरलाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित गरियो ।२१ हजार १ सय ११ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्लासहित तुलाधरलाई उक्त सम्मान प्रदान गरिएको हो ।

त्यस्तै, गायक विष्णु खत्रीलाई‘दशकका गायक सम्मान’बाट सम्मानित गरियो । मोडल सनम कठायतलाई ‘दशकका मोडल सम्मान’ प्रदान गरियो । समारोहमारंग पत्रकार सुशील नेपाललाई‘युवा पत्रकारिता सम्मान’बाट सम्मानित गरियो भनेगीता अधिकारीलाई पत्रकारिता सम्मान प्रदान गरियो । यसैगरी आइटी ईञ्जिनियर राजेन्द्र अर्याल प्रविधि सम्मानबाट सम्मानित भए ।

समारोहमा अवार्डतर्फ सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड ‘बिन्ती बिसाई पाउमै छोएर’ गीतबाट प्रमोद खरेलले प्राप्त गरे भने गायिकाको अवार्ड ‘धोकेबाज ३’ गीतबाट गायिकाएलिना चौहानलाई प्रदान गरियो ।

सर्वोत्कृष्ट आधुनिक गायक जुरीतर्फको अवार्ड भने ‘पागल बन्दै छु’ गीतबाट गायक प्रताप दासलाई प्रदान गरियो । आधुनिकतर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड ‘उसलाई पाउन २’बाट सुनिल बिसीले प्रदान गरिँदा रोशन सिंह ‘कस्तो थिए कस्तो भए’ गीतबाट सर्वोत्कृष्ट संगीतकारको अवार्ड विजेता भए ।

‘ए जिन्दगी’बाट जिम्बे राईले सर्वोत्कृष्ट आधुनिक पुरुष मोडलको अवार्ड हात पार्दा ‘यादमा’ गीतबाट स्मारिका ढकाल सर्वोत्कृष्ट आधुनिक महिला मोडलको अवार्ड विजेता बनिन् ।

लोकदोहोरीतर्फ ‘मोहनी’ बोलको गीतबाट खेम सेञ्चुरी सर्वोत्कृष्ट गायक घोषित भए । लोकदोहोरीमा सर्वोत्कृष्ट गायिकातर्फको अवार्ड ‘फुटेका चुरा’गीतबाट अनिता चलाउने हात पारिन् ।

लोकदोहोरीतर्फ सर्वोत्कृष्ट गायक (पब्लिक च्यावाइस)तर्फको अवार्ड गायक अर्जुन सापकोटाले पाउन सफल भए । मोडल विजय पुन र गीता ढुंगाना लोकदोहोरीतर्फका सर्वोत्कृष्ट मोडल बन्न सफल भए ।

करिब ८ वर्षको अन्तरालमा २ हजार ५ सय बढी म्युजिक निर्माण गर्न सफल कम्पनी बि स्टार फिल्मस प्रा.लिले मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यमा आफ्नो पहिलो संस्करणको अवार्ड कार्यक्रम गरेको हो ।

अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्व रहेको धारणा राखिन् । उनलेकलाकारहरुको सम्मानका लागि आयोजना गरिएको अवार्ड कार्यक्रमको प्रशंसा गर्दै अवार्ड प्राप्त गर्ने कलाकर्मीहरुलाई बधाई समेत दिएकी थिइन् ।

भिडियो निर्देशक बाबुराजा केसी ‘उज्ज्वल’, गीतकार एवं संगीतकार राजकुमार बगर,राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा र भिडियो सम्पादक भिम रावल अवार्डमा निर्णायक रहेका थिए ।

आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले अग्रज कलाकारहरुको सम्मान र नयाँ कलाकारहरुको प्रोत्साहनका लागि अवार्ड कार्यक्रम सुरु गरिएको बताए । उनले आगामी दिनमा अवार्ड कार्यक्रमलाई सातै प्रदेशमा लैजाने बताए । उनले सातै प्रदेशमा पुगेर त्यहाँ प्रतिभाहरुको खोजी गर्ने आफूहरुको उद्धेश्य रहेको बताए । पि.एन.सापकोटा, रुपा जिएम र समुन्द्रा चौहानले उद्घोषण गरेको कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिएका दिए ।

About The Author

Leave a Reply

Your email address will not be published.