ठूलो परिमाणमा चाँदी र तामाको सामानसहित दुई जना पक्राउ

झापाको मेचीनगर नगरपालिकाबाट ठूलो परिमाणमा चाँदी र तामाको सामानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ बौद्धका ३४ वर्षीय अजित नगरकोटी र काठमाडौँ महानगरपालिका–१ का ३८ वर्षीय श्याम सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेचीनगर–६ मेची खोला छेउबाट आइतबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नगरकोटी र मुखियाको साथबाट प्रहरीले ११ केजी ९०० ग्राम बराबरको चाँदीका सामान र २१ केजी बराबरको तामाका सामान बरामद गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको कार्यालयले जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.