यस्तो उपहार रहेको छ ’जानी नजानी’ गीतको कभर भिडियो बनाएबापत

प्रथम हुनेलाई आयोजक टिमले  ३२ इन्चको रोवा टिभी , दोस्रोले रोवाकै साउण्ड सिस्टम , तेस्रो र चौथोले हुने २ जनाले द कार्टुन क्रिउसँगको तिन महिने डान्स ट्रेनिङ र पाचौ हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् ।

पछिल्लो समय नेपाली फिल्महरूले पब्लीसिटीको लागी अनेकौँ तरिकाहरू अपनाउने गरेकाछन l कन्सर्ट, गीतको कभर भिडियो साथै कभर डान्स प्रतियोगिताहरू आयोजना गर्नु सँगै पुरस्कार वितरण कार्यक्रमहरू राख्ने गरेका छन l यसै क्रममा चलचित्र ‘जानी नजानी’ युनिट टिमले सार्वजनिक गीत ‘एउटीलाई मुटुमा घर’लाई दर्शकले मनपराएकै कारण ’कभर डान्स कम्पिटिसन’ को आयोजना गरेको छ । गीतलाई युट्युबसँगै टिकटकमा पनि उत्तिकै रुचाइएको छ । कम्तीमा पनि १ मिनेटको भिडियो बनाइ प्रतियोगीहरूले जानी नजानीको फेसबुक लिन्क https://www=facebook=com/JaniNajaniFilm, र इन्स्टाग्राम JaniNajani2018, जिमेल आइडी janinajani2018@gmail@comमा पठाउनु पर्नेछ l फाल्गुन २० गते भित्र प्रतियोगीहरूले भिडियो पठाइ सक्नु पर्ने छ भने,फाल्गुन २५ गते निर्माण टिमले पुरस्कार हस्तान्तरण गर्ने छन् l प्रथम हुनेलाई आयोजक टिमले ३२ इन्चको रोवा टिभी , दोस्रोले रोवाकै साउण्ड सिस्टम , तेस्रो र चौथोले हुने २ जनाले द कार्टुन क्रिउसँगको तिन महिने डान्स ट्रेनिङ र पाचौ हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् । गीतमा गायक अर्जुन पोख्रेल र गायिका दुर्गा खरेल आवाज रहेको छ l अम्बिका शर्माको शब्द रहेको गीतमा गायक अर्जुन पोख्रेल स्वयम्ले एरेन्ज गरेका छन् l चलचित्रमा मनिष श्रेष्ठ , निरिशा बस्नेत , सन्नी सिंह , नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको अभिनय रहेको छ । चैत्र १ बाट रिलिजमा आउन लागेको चलचित्रमा निर्देशक वसन्त अधिकारीको निर्देशन रहेको छ l

About The Author

Leave a Reply

Your email address will not be published.