नेपालले ओमानलाइ दियो २५० रनको लक्ष्य

काठमाडौं,आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल अहिले ओमानसँग भिड्दै छ। पहिले व्याटिङ गरेको नेपालले ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ।

५० ओभरमा नेपालले ८ विकेट गुमाएर २४९ रन बनाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए ।पारस खड्काले ३८, विनोद भण्डारीले ३५,कुशल मल्ल २८,ओपनर सुवास खकुरेलले २२, आरिफ शेखले २८,करण केसीले १०,सन्दीप लामिछानेले १०, कमलसिंह ऐरीले ९ रन बनाए उपकप्तान दिपेन्द्रसिंह ऐरी शुन्य रन मै आउट भए ।

ओमानका लागि अकिब इलियासले ४ र मोहमद नादिनले नेपालको ३ विकेट लिए।

पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले हारेको थियो । शनिबार भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published.