कोरोना भाइरस प्रभावित क्षेत्रबाट करिब १८० जना नेपालीहरुलाई उद्धार गरिने फागुन ३ गते

२७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ, जसमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् ।
कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।

About The Author

Leave a Reply

Your email address will not be published.