नेपाललाई दुई हजार थान कोरोना भाइरस जाँच्ने उपकरण (किट्स) निःशुल्क

चीनको बेइजिंग साभन्त बायो टेक्नोलोजीले नेपाललाई दुई हजार थान कोरोना भाइरस जाँच्ने उपकरण (किट्स) निःशुल्क उपलब्ध गराएको छ ।
‘कोरोनाभाइरस एन्टिजिन डिटेक्सन रिएजेन्ट टेष्टिंग किट्स’ बेइजिंगबाट कम्पनीले नै ल्हासा पठाएको छ । त्यहाँबाट नेपाली महावाणिज्य दूतावासले चाँडै स्थलमार्गबाट नेपाल ल्याउने प्रबन्ध गर्नेछ ।
उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले बुधवार उक्त सामग्री बेइजिंगस्थित नेपालीदूताबासमा कार्यवाहक नेपाली राजदूत सुशीलकुमार लम्साललाई हस्तान्तरण गरेका छन् ।
नेपाली दूताबासका अनुसार तीस हजार अमेरिकी डलर (करिब ३६ लाख नेपाली रुपैयाँ) बराबरको किट्स नेपाललाई उक्त कम्पनीले सहयोग गरेको हो ।
हस्तान्तरण समारोहमा बेइजिङ नगरपालिकाका वाणिज्य ब्यूरोका थान छङ्हाइ र बेइजिङ काठमाडौँ  अन्तराष्ट्रीय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिओ जिआन्ली पनि सहभागी थिए ।नेपाली दूताबासको प्रयासमा कम्पनीले सहयोग गरेको हो । यसलाई दूताबासले नेपाल चीन मैत्रीको ‘उत्कृष्ट उदाहरण’ भनेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.