नेपालमा पाँचाै कोरोना (कोभिड-१९) संक्रमण पुष्टि, सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी

नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेकी छन्।बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल आइपुगेकी हुन्। उनी क्युआर ६५२ को उडानबाट आएकी हुन्। बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।

त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई  पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.