कोरोनाका कारण पत्रकारिता दिवस कार्यक्रम स्थगित, डिजिटल प्लेटफर्म मार्फत संघको २१ औं बार्षिक उत्सव

हरेक बर्ष जेष्ठ ७ गते चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापना दिनको दिन चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ । सो अवसरमा दुई जना चलचित्र पत्रकारलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार र एक जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानीत गर्दै आईरहेको थियो ।

कोरना भाइरस जोखिमका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्य नजर गर्दै यस बर्ष संघले सम्मान तथा पुरस्कार कार्यक्रमलाई स्थगीत गर्ने निर्णय गरेको छ । अर्को बर्ष पुरस्कार रकममा बढोत्तरीका साथमा मोफसलबाट थप एक जनालाई समेत मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय संघले गरेको छ ।

यसपाली चलचित्र पत्रकारिता दिवस अर्थात ७ जेष्ठमा डिजिटल प्लेटफर्म मार्फत संघको २१ औं बार्षिक उत्सव मनाउने र शुभकामना आदान–प्रदान गर्ने निर्णय समेत संघले गरेको छ । उक्त प्लेटफर्ममा जोडिन संघ सम्पूर्ण सदस्यहरुमा हार्दिक अपिल गर्दछ ।

About The Author

Leave a Reply

Your email address will not be published.