एएफसी वुमेन्स कप : नेपालको समूहमा फिलिपिन्स र हङकङ

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार एएफसी वुमेन्स एसिया कप छनोटको ड्र सार्वजनिक गरेको छ । नेपाल फिलिपिन्स र हङकङ सम्मिलित समूहमा परेको छ ।छनोटको नेपाल सम्मिलित समूह एफ मा तीन टिम मात्र छन् । यसका खेल काठमाडौंमा हुनेछन् । छनोटमा सहभागी हुने २८ देशलाई आठ समूह छन् । त्यसमध्ये सुरुआती चार समूहमा चार टिम छन् भने बाँकी चार समूहमा तीन टिम छन् । भारतमा सन् २०२२ मा हुने वुमेन्स एसियाकपका लागि प्रत्येक समूहको विजेता टिम छनोट हुनेछ । आयोजक भारत र डिफेन्डिङ च्याम्पियन जापानसँगै चीन र अस्ट्रेलिया अन्तिम चरणका लागि छनोट भइसकेका छन् ।

 

About The Author

Leave a Reply

Your email address will not be published.