जर्मनीका महान फुटबलर म्युलरको निधन

बेर्यन म्युनिक र जर्मनीका महान फुटबलर गर्ड म्युलरको ७५ वर्षको उमेरमा निधन भएको छ । फुटबल इतिहासका सबैभन्दा उत्कृष्टमध्येका स्ट्राइकर म्युलरले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गोल गर्नुभएको छ । सन् १९७४ को विश्वकप फुटबलको फाइनलमा नेदरल्याण्ड्स बिरुद्ध उहाँले गर्नुभएको एक मात्र गोलले पश्चिम जर्मनीलाई विश्वकपको उपाधि दिलाएको थियो ।

बुन्डेसलिगामा बेयर्न म्युनिकको प्रतिनिधित्व गर्दै उहाँले ५९४ खेलमा ५७४ गोल गोल गर्नुभएको छ । उहाँले १५ वर्ष बेयर्न म्युनिकमा रहनुभयो । बेयर्न म्युनिकका अध्यक्ष हबर्ट हैनरले एफसी बेयर्नका लागि आजको दिन दुःखको र कालो दिन रहेको गर्डको निधनमा प्रतिक्रिया दिनुभयो । गर्ड बिनाको अहिलेको बेयर्न रहने थिएन भन्नुहुँदै हैनरले उहाँको नाम र सम्झना सधैं हामीसँगै रहने बताउनुभयो ।

दुई पटक जर्मन फुटबलरको वर्ष खेलाडीको उपाधि जित्नुभएका गर्ड म्युलरले सन् १९७० को विश्वकप फुटबलमा दश गोल गरेर ‘गोल्डेन बुट’ जित्नुभएको छ । दुई वर्षपछि उहाँले पश्चिम जर्मनीलाई यूरोपीयन च्याम्पियनशीप जिताउन सघाउनुभयो । सोभियत यूनियन बिरुद्ध पश्चिम जर्मनीले ३–० को जित हात पार्ने क्रममा गर्डले दुई गोल गर्दै यूरोपेली च्याम्पियनशीपको उपाधि दिलाउनुभयो ।

About The Author

Leave a Reply

Your email address will not be published.