मच्छेगाउँमा बृहत साँस्कृतिक कार्यक्रम हुने

काठमाडौं माघ १९
सिनेकला संवाददाता
कोभिडका कारण विभिन्न कार्यक्रमहरू स्थगित र रद्द भैरहेको समयमा आगामी फागुन २७ र २८ गते ‘बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम २०७८’ हुने भएको छ ।

आयोजक संस्थाका अध्यक्ष रमेश शाहीका अनुसार बिगत वर्षहरुमा जस्तो यसपटक लाखे नाच भने हुने छैन ।

कार्यक्रम चन्द्रागिरि नगरपालिका वडा नं ९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा हुने छ ।

त्यसबेलासम्म कोभिडको त्रास न्यून हुने विश्वास लिई उत्साहका साथ कार्यक्रमको तयारीमा जुटेकोे अध्यक्ष शाहीले बताए ।

कार्यक्रममा विभिन्न जातजातीका प्रस्तुतिहरूका साथै लोकप्रिय गायक, गायिकाहरूको मनोरञ्जनात्मक प्रस्तुति रहने जनाईएको छ ।

कार्यक्रम नेपाल साँस्कृतिक कला मन्दिरले आयोजना गरेको हो ।

About The Author

Leave a Reply

Your email address will not be published.