‘नेपाली हाम्रो जात’ सार्वजनिक

सन्देशमूलका गीतसङ्गीतमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्नुभएका स्रष्टा डिआर सुजनले नयाँ म्युजिकल चलचित्र (गीत) ‘नेपाली हाम्रो जात’ ल्याउनुभएको छ । आफ्ना अघिल्ला गीत झैँ यसमा पनि उहाँले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गर्नुभएको छ । उहाँले भन्नुभयो, “गीत–सङ्गीतमार्फत चेतना वृद्धि गर्नु हामी सर्जकको दायित्व पनि हो । त्यसैले मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन् ।” गीतमार्फत उहाँले जातीयभन्दा पनि वर्गीय विभेद विद्यमान भएको सन्देश दिनुभएको छ । 

उहाँले सार्वजनिक गर्नुभएको म्युजिकल चलचित्रमा सबै समान भएको र आर्थिक सम्पन्नताको आधारमा विभेद भने कायम रहेको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “हामी जुनसुकै जात भए पनि नेपाली हौँ । मैले गीतमा यही भावलाई प्रस्तुत गर्ने जमर्को गरेको छु । जातीय वर्गीकरण गर्नुहुँदैन भन्ने हाम्रो आशय हो ।”

गीतमा शब्द, सङ्गीत, परिकल्पना, कथा र निर्देशन सुजनकै रहेको छ । सुजनसँगै हेमन्त कान्छा रसाइली, राजु परियार र धर्म गन्धर्वको स्वर रहेको छ । विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, ताराबहादुर गुरुङ, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, ईश्वरी बराललगायतका कलाकारले अभिनय गर्नुभएको छ । 

यसमा मुकेश नेपालीको नृत्य निर्देशन, किरण चैरारको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन र कलर, रोनिशा अधिकारीको मेकअप रहेको छ । सुजना शर्मा रेग्मी र लक्ष्मी पौडेल निर्माता रहनुभएको ‘नेपाली हाम्रो जात’ डिआर सुजन नामक युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको छ ।   

About The Author

Leave a Reply

Your email address will not be published.