‘ब्रह्माण्ड’ को टिजर सार्वजनिक

कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निर्माण रहेको नेपाली वेब सिरिज ‘ब्रह्माण्डको टिजर’ सार्वजनिक भएको छ । टिजर नेपाली, अङ्ग्रेजी र हिन्दी गरी तीन भाषामा सार्वजनिक गरिएको छ । ओटिटी प्लेटफर्मका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै यो सिरिज बनाइएको निर्माण पक्षले जनाएको छ । आठ भागमा निर्माण भएको सिरिजको प्रत्येक भाग एक एक घण्टाको हुने छ । रियाज नाटककार यसका निर्देशक हुनुहुन्छ भने सागरराज आचार्य कार्यकारी निर्माता हुनुहुन्छ । 

पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको सिरिजमा अर्पण थापा, सुनील थापा, भोलाराज सापकोटा, निशा अधिकारीसँगै राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्ट, सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको पनि अभिनय रहेको छ । सिरिजबाट सुप्रज्ञा र सञ्जयले डेब्यु गर्दै छन् ।

About The Author

Leave a Reply

Your email address will not be published.