द्वन्द्वले भरिपूर्ण चलचित्र ‘जोन विक’

जोन विक’को सिक्वेल चलचित्र ‘जोन विक : च्याप्टर ४’ले अहिले चारैतिर चर्चा बटुलिरहेको छ। चलचित्रको प्रदर्शनपूर्व नै केनु रिभ्सको यस चलचित्रको ट्रेलरलाई दर्शकले धेरै मन पराएका थिए। 

चलचित्रको कथा अघिल्लो ‘जोन विक : च्याप्टर ३’को अन्त्यबाट सुरु हुन्छ। चलचित्रको सुरुवातमा न्युयोर्कको होटल ध्वस्त भएको देखाइएको छ; जहाँ होटलमा कार्यरत कर्मचारीको पहिला नै पद खारेजी भइसकेको हुन्छ। चलचित्रमा कलाकार मार्चेसको साथमा बिलले जोनलाई मारेर आफूलाई उत्कृष्ट साबित गर्ने प्रयास गर्नुभएको छ। एकै समयमा उहाँले आफूले बनाएको तालिकाविरुद्ध गएर पनि आफ्नो उद्देश्य पूरा गर्ने प्रयास गर्नुभएको छ।

त्यस्तै आइस म्याक्सनले जोन विकलाई आफ्नो होटल ध्वस्त भएको बदला लिन सहयोग पनि गर्नुभएको छ। जोन विकलाई मार्नका लागि मार्चेसले आफ्ना साथीहरूलाई अनेकन तरिकाले प्रयोग गरिरहनुभएको हुन्छ। मार्चेजको षड्यन्त्र र जोन विकको आफ्नो साथीहरूलाई मुक्त गर्ने कुराहरूको सम्मिश्रण नै चलचित्रको मुख्य कथा हो। द्वन्द्व मन पराउनेका लागि यो एउटा गतिलो चलचित्र हुन सक्छ। चलचित्रमा अनेकन किसिमका द्वन्द्वका दृश्य प्रयोग गरिएको छ। निर्देशक चड स्थाहेस्कीले वास्तविक कथालाई चलचित्रमा प्रस्तुत गर्न खोज्नुभएको छ। चलचित्रको सङ्गीत निकै राम्रो छ। चलचित्रभित्र गरिएको एकै समयको सम्पादन र छायाङ्कन उत्कृष्ट छ। चलचित्रमा देखाइएका दृश्यले दर्शकलाई आकर्षित गर्न सक्छ। 

चलचित्रको समयावधिले भने दर्शकलाई केही निराश बनाउन सक्छ। धेरै द्वन्द्व दृश्य र कम कथाका कारण तीन घण्टाको चलचित्र दर्शकलाई धेरै लाग्न सक्छ। निर्देशकले चलचित्रको समय केही घटाउन सक्नुहुन्थ्यो तर उहाँको ध्यान द्वन्द्वमै बढी केन्द्रित देखिन्छ। अर्कोतर्फ केनको लडाइँका दृश्यले थोरै अप्राकृतिक अनुभूति गराउँछ। एक दृष्टिविहीन व्यक्तिले भव्य रूपमा लडेकादृश्य अकल्पनीय लाग्न सक्छ। 

सानाठूला सबै वर्गका लागि चलचित्र उपयुक्त छ। विशेषगरी बालबालिकालाई चलचित्रले आकर्षित बनाउँछ। कसैले चलचित्रको अघिल्ला तीन भाग हेरेका छैनन् भने अवश्य हेर्नुपर्नेछ; अन्यथा दर्शक चलचित्रसँग जोडिन सक्दैनन्।   

About The Author

Leave a Reply

Your email address will not be published.