पूर्वकै ठुलो धनराशिको सौन्दर्य प्रतियोगिता बिराटनगरमा हुने

विरेन्द्रकुमार साह
बिराटनगर ,
किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुन सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ हुने भएको छ ।
आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै ए–वान इन्टरटेनटमेन्टले हरेक बर्ष गर्दै आएको मिस पूर्वेली सुपर मोडल सातौं सस्करणको पहिलो अडिसन आगामी मंसिर १० गते विराटनगरमा हुने जनाएको छ । पूर्वी जिल्लामा रहेका १६ देखि २५ वर्ष समूहका अविवाहित किशोरीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन् । यो सौन्दर्य प्रतियोगिताको पुरस्कारराशि सम्भवत नेपालमा हुने सबैभन्दा बढी भएको समेत जानकारी दिए र यो प्रतियोगिता अन्य प्रतियोगिता भन्दा फरक रहने आयोजकले बताए । प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजार नगद सहित १० लाखको लाईफ ईन्सोरेन्स र एक हप्ता सम्मको ईन्डोनेसियाको वाली भन्ने स्थानमा टुर जान पाउने छन् ।
यस अघि स्कुटर र नगद पुरस्कार दिदै आएको थियो । त्यसैगरी फस्ट रनरअपले नगद १ लाख र ५ लाखको ईन्सोरेन्स र वालीको टुर रहेको मिस पुर्वेली सुपर मोडलका ईभेन्ट मेनेजर रोनक अग्रवालले जानकारी दिए ।
छनौट भएका किशोरहरुलाई बन्द प्रशिक्षणमा राखेर व्यक्तित्व विकास, सामाजिक दायित्व देखि लिडरसिप भिन्न पहिचानको साथ उत्कृष्ट प्रस्तुती सम्बन्धी तालिम प्रदान गरिने छ । ए–वान इन्टरटेण्डमेन्टले विराटनगरमा २०१२ देखी निरन्तर रुपमा सौर्दय प्रतियोगीता गराउदै आएको छ । यस सुन्दरी प्रतियोगिताको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेन छ ।

About The Author

Leave a Reply

Your email address will not be published.