शिवरात्रिको दिन डोरी टाँगेर सहयोग माग्दै गरेका नौ वर्षीय पुजन थामीको बसको चक्काले किचेर मृत्यु

शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालक नौ वर्षीय पुजन थामीको बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको छ । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले आज ११ : ३० बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।शिवरात्रिको दिन डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको स्थानीयवासीले बताएका छन्

About The Author

Leave a Reply

Your email address will not be published.