अनमोल–सुदर्शन विवादमा पूजा लेख्छिन्–‘कोही पनि अन्यायमा नपरोस्’

नायक अनमोल केसीले फिल्म ‘रावायण’ छाडेपछि निर्देशक सुदर्शन थापा र निर्मात्री चन्द्रकला कटुवालले प्रहरीमा उजुरी दिए । उनीहरुको उजुरीको आधारमा प्रहरीले अनमोललाई पक्राउ गर्यो । २ दिन नियन्त्रणमा लिएपछि अनमोललाई प्रहरीले रिहा गरिसकेको छ । तर, यो प्रकरण अझै शान्त भएको छैन ।

मिडिया र सामाजिक संजालमा यो प्रकरणलाई लिएर अझै पनि विभिन्न विचारहरु व्यक्त भैरहेका छन् । यसैबिच, फिल्म ‘रावायण’को प्रकरणमा नायिका पूजा शर्माले मुख खोलेकी छिन् । यो फिल्म सबैभन्दा पहिले पूजाले आफ्नै ब्यानरमा निर्माण गर्न लागेकी थिइन् । उनले, फिल्ममा सुदर्शन थापालाई निर्देशक र अनमोल केसीलाई मुख्य नायकको रुपमा अनुवन्धित पनि गरिन् । दुबैलाई पेश्की रकम पनि दिइसकेकी थिइन् । तर, पछि अनमोल केसीले फिल्ममा काम नगर्ने भन्दै १० लाख रुपैयाँ फिर्ता गरे । 

पूजाले फिल्म बनाउने या नबनाउने भन्ने निर्णय गरिसकेकी थिइन् । तर, यही नाम र कथामा सुदर्शनले फिल्म चलचित्र विकास बोर्डमा दर्ता गरे । निर्मात्रीको रुपमा सुप्रिया कटुवाल अगाडि आइन् । सुदर्शनले अनमोलले जुन नाम र कथामा फिल्म छाडेका थिए, सोही नाम र कथामा अनमोल केसीलाई नायकको रुपमा प्रस्ताव गरे र निर्मात्री कटुवालले १० लाख रुपैयाँ पेश्की रकम दिएकी थिइन् । 

नायिकको रुपमा नीति शाहलाई अनुवन्धित गरियो । यो बिषयमा सुदर्शन फिल्मस्ले पूजा शर्मासँग कुनै पनि सल्लाहा गरेको थिएन । 

उनै, पूजाले अनमोल केसीले सुदर्शन फिल्मस्बाट बन्ने फिल्म पनि छाडेपछि सामाजिक संजालमा स्टाटस लेख्दै कोही पनि अन्यायमा नपरोस् भनेर लेखेकी छिन् । उनले लेखेकी छिन्–‘अर्कोतिर भीड छ भन्दैमा सत्य मर्दैन । अझै प्रमाण सहित निर्माणपक्ष ठगिएको वा धोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ । यो भोली जसलाई पनि पर्न सक्कछ । कुराले मात्रै होइन व्यवहारले प्रोड्यूसर बचाऔं । कोही पनि अन्यायमा नपरोस् । जय नेपाली सिनेमा ।’

पूजाले फिल्म ‘रावायण’ बनाउने पक्का भएपछि पाथिभारा देवीको दर्शन गरेर स्क्रिप्ट पूजा समेत गरेकी थिइन् । उनले, सोही तस्वीर सामाजिक संजालमा पोष्ट गर्दै आफ्नो भनाई सार्वजनिक गरेकी हुन् ।Source:Mero Film

About The Author

Leave a Reply

Your email address will not be published.