भण्डारी र पन्तको आवाजमा ‘हरामी’

 गायक चिरञ्जीवी भण्डारी र गायिका अञ्जु पन्तको युगल आवाजमा ‘हरामी’ बोलको गीतको सार्वजनिक भएको छ । गीतकार प्रतिमा गुरुङको शब्द रहेको गीतमा भीम बिसीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । गीतलाई मिक्सिङ मास्टरिङ कृष्णकुमार महर्जनले गरेका हुन् ।

निर्देशक शिव बिकले निर्देशन गरेको गीतको भिडियो छायांकन उत्सव दाहालको रहेको छ । यस्तै, सम्पादन विष्णु खड्काको रहेको गीतको भिडियोमा मोडल दुर्गेश थापा, दिपेन्द्र सोनाम, गरिमा शर्मा र कविता नेपालीको अभिनय छ । उक्त भिडियो गायक चिरञ्जीवी भण्डारीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायक भण्डारीले गीत र भिडियोमा केही फरकपनका शब्द र दृश्य दिएको बताए ।

उनका यसअघि ‘बिस्तारै बिस्तारै’, ‘बदमाश, मायालु तिमी मेरो,’ ‘तिमीसँगै हुन’, ‘यो मायाले,’ ‘पैसा फ्याँक तमासा देख,’ ‘बच्चाकी आमा,’ तिमी छौ र त,’ त्यो दिन सम्झ,’ ‘गल्ती के भयो,’ ‘आयौ तिमी’, ‘छोड्नु थियो मलाई,’ ‘तिम्रो मायाले मा¥यो,’ ‘सान्नानी सुनन,’ ‘शंका गर्ने बानी तिम्रो,’ ‘आउ माया लाम,’ ‘म बादल बनी’, ‘तिम्रो नजरको दोषी,’ चलचित्र रेलिमाइको ‘चट्टै मुटु काटेर,’ चलचित्र ‘दीपज्योति,’ ‘बाट झ्याना पुल्टूङ,’ बोलका गीतहरु बजारमा आइसकेका छन् । त्यस्तै, भजनहरु ‘शिव ताण्डव’, ‘जय बाबा भोले शंकर’, ‘जय जय जय हनुमान,’ ‘कृष्ण भजन’ लगायत अन्य थुप्रै गीत सार्वजनिक भएको उनले जानकारी दिए । उनी आफैँमा संगीतकार समेत हुन् ।

About The Author

Leave a Reply

Your email address will not be published.